AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • चार नेपालीको शव इजरायलले दूतावासलाई बुझायो

चार नेपालीको शव इजरायलले दूतावासलाई बुझायो

  • शुक्रबार, कार्तिक ३, २०८०
चार नेपालीको शव इजरायलले दूतावासलाई बुझायो

काठमाडौं-इजरायलमा ज्यान गुमाएका १० जना नेपालीमध्ये ४ जनाको शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाएको छ ।

नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीको प्यालेस्टाइनी हमास समूहको आक्रमणमा निधन भएको थियो ।

इजरायली पक्षले शव हस्तान्तरण गरेपछि  नेपाली राजदूत कान्ता रिजाल र इजरायल सरकारको प्रतिनिधिहरूले मृतकहरु प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।  चार जना विद्यार्थीको शव शनिवार दिउँसोको १ः२५ बजे प्लाई दुबईको उडानबाट नेपाल पठाउने राजदूत रिजालले बताइन् । जुन शव नेपाली समयअनुसार आइतवार काठमाडौँ पुग्ने छ ।

ईजरायलबाट फ्लाई दुबईको उडानमार्फत् दुबईसम्म तथा तत्पश्चात् फ्लाई दुबईकै अर्को उडानमार्फत् काठमाडौँसम्म पुग्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ । साथै अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार