AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा इजरायलमा ज्यान गुमाएका १० जना नेपालीप्रति दु:ख व्यक्त

राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा इजरायलमा ज्यान गुमाएका १० जना नेपालीप्रति दु:ख व्यक्त

  • आइतवार, कार्तिक १२, २०८०
राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा इजरायलमा ज्यान गुमाएका १० जना नेपालीप्रति दु:ख व्यक्त

काठमाडौं-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० जना नेपालीप्रति दु:ख व्यक्त गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

उनले हराइरहेका वीपीन जोशी सुरक्षित फर्किने विश्वास समेत व्यक्त गरे। ‘गाजामा रहेका सबै बन्धकको तत्काल रिहाईका लागि जोड दिन्छु ।’उनले भने ।

Facebook Comments

सम्बन्धित समाचार