AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • आचार्यलाई पछि पार्दै बंगलादेशी प्रधानमन्त्रीकी छोरी बनिन् डब्लुएचओ क्षेत्रीय निर्देशक

आचार्यलाई पछि पार्दै बंगलादेशी प्रधानमन्त्रीकी छोरी बनिन् डब्लुएचओ क्षेत्रीय निर्देशक

  • बुधबार, कार्तिक १५, २०८०
आचार्यलाई पछि पार्दै बंगलादेशी प्रधानमन्त्रीकी छोरी बनिन् डब्लुएचओ क्षेत्रीय निर्देशक

काठमाडौं-बंगलादेशकी साइमा वाजेद विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को दक्षिण-पूर्वी एशियाको क्षेत्रीय निर्देशक मनोनीत भएकी छन्।

नेपालका शम्भुप्रसाद आचार्यलाई पछि पार्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी वाजेद विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा मनोनीत भएकी हुन् ।

बुधबार नयाँ दिल्लीमा बसेको ७६औं बैठकमा भएकाे मतदानमा वाजेदले ८ मत पाउँदा आचार्यलाई दुई मत प्राप्त गर्न सफल भए । मतदानमा बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, श्रीलंका, थाइल्यान्ड र टिमोर-लिस्टेले मतदानमा भाग लिएको थियो। म्यानमारले उक्त बैठकमा सहभागी भएन।

वाजेदले सन् २०२४ को फेब्रअुरी १ बाट पदभार सम्हाल्ने छिन् । उनको कार्यकाल ५ वर्षको हुनेछ भने उनी एकपटक पुनः नियुक्तिका लागि पनि योग्य हुनेछिन् ।

Facebook Comments

सम्बन्धित समाचार