AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • खेलकुद
  • अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभा आज

अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभा आज

  • बिहिबार, कार्तिक २३, २०८०
अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभा आज

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा आज बस्दैछ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा आज बस्ने साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध परेको अविश्वासको प्रस्तावबारेमा छलफल हुन लागेको हो ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नुपर्ने भन्दै लिखित निवेदन दिएका थिए ।

नेतृत्वमा पुगेको एक वर्ष नपुग्दै अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तको माग आएपछि आजको साधारण सभामा अध्यक्ष नेम्वाङ र महासचिव राईले अविश्वास प्रस्तावको सामना गर्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार