AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • संघीय सरकारसँग मधेसकाे ६ बुँदे माग, ३० दिनभित्र सम्बोधन नगरे आन्दोलन

संघीय सरकारसँग मधेसकाे ६ बुँदे माग, ३० दिनभित्र सम्बोधन नगरे आन्दोलन

  • बिहिबार, कार्तिक २३, २०८०
संघीय सरकारसँग मधेसकाे ६ बुँदे माग, ३० दिनभित्र सम्बोधन नगरे आन्दोलन

काठमाडौं-मधेस सरकारले संघीय सरकारसँग ६ बुँदे माग राखेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ६ बुँदे माग राखेको हो ।

संघीयतामा गएको ८ वर्ष भइसक्दासमेत प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएकाले यो ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताए । ३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने उनले चेतावनी दिएका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मागहरू जायज भएको र ३० दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्री यादवले बताए ।

६ बुँदे मागपत्र-

Facebook Comments

सम्बन्धित समाचार