AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब, एक वर्षको आयात धान्ने

विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब, एक वर्षको आयात धान्ने

  • शुक्रबार, कार्तिक २४, २०८०
विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब, एक वर्षको आयात धान्ने

काठमाडौं-चालु आर्थिक वर्षको असोज मसान्तसम्म विदेशी मुद्राको सञ्चिति बढेर १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति असोज मसान्तसम्म बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.५ प्रतिशत, ८५.७ प्रतिशत र २६.० प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार