AarthikBikash
मङ्लबार, कार्तिक १३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अर्थ समितिको निर्देशन : नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउनू

अर्थ समितिको निर्देशन : नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउनू

  • शुक्रबार, कार्तिक २४, २०८०
अर्थ समितिको निर्देशन : नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउनू

काठमाडौं-संसदीय समितिले नयाँ स्टक एक्सचेन्जको काम अगाडि बढाउन निर्देशन दिएको छ ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।

नयाँ स्टकका लागि सहजीकरण गरिदिन आग्रह गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अर्थ समितिलाई पत्र लेखेको थियो । आज समितिले छलफल गरेर नयाँ स्टकका लागि काम अगाडि बढाउन निर्देशन दिएको हो ।

धितोपत्र बोर्डले २ असोज २०७९ मा एकसाथ स्टक ब्रोकर, कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जको लाइसेन्सको लागि आवदेन आह्वान गरेको थियो । बोर्डले स्टक एक्सचेञ्जको लागि ४५ दिन रसेयर ब्रोकरको लागि ३५ दिनको म्याद राखेर आवेदन आह्वान गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार