AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • तिहार बिदामा पनि सर्वोच्च अदालत खुला, न्यायाधीशहरुलाई तोकियो जिम्मेवारी

तिहार बिदामा पनि सर्वोच्च अदालत खुला, न्यायाधीशहरुलाई तोकियो जिम्मेवारी

  • आइतवार, कार्तिक २६, २०८०
तिहार बिदामा पनि सर्वोच्च अदालत खुला, न्यायाधीशहरुलाई तोकियो जिम्मेवारी

काठमाडौं-तिहार बिदामा पनि सर्वोच्च अदालतले अत्यावश्यक सेवा दिने भएको छ ।

बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च अदालत बिदामा समेत खुला रहने भएको हो ।

सर्वोच्च अदालतले कात्तिक २६ गते आइतबारदेखि बिहीबारसम्मका लागि न्यायाधीशहरुलाई जिम्मेवारी तोकिएको छ ।

सर्वोच्च अदालतका अनुसार कात्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउत, कात्तिक २७ गते सोमबार न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ ।

कात्तिक २८ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ । सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ ।

Facebook Comments

सम्बन्धित समाचार