mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • जाजरकोट भूकम्प प्रभावितलाई आवास बनाउन सरकारले प्रतिपरिवार ५० हजार दिने

जाजरकोट भूकम्प प्रभावितलाई आवास बनाउन सरकारले प्रतिपरिवार ५० हजार दिने

  • आइतवार, कार्तिक २६, २०८०
जाजरकोट भूकम्प प्रभावितलाई आवास बनाउन सरकारले प्रतिपरिवार ५० हजार दिने

काठमाडौं-सरकारले जाजरकोट भूकम्पबाट पूर्ण रूपमा घर भत्किएकाहरूलाई अस्थायी आवास बनाउन आर्थिक सहयोग गर्ने भएको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले २५/२५ हजारका दरले दुई किस्तामा उपलब्ध गराउने निर्णय गरेको हो ।

जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले जाजरकोट र रूकुम पश्चिममा २६ हजार पाँच सय ५७ घरमा पूर्ण रूपमा क्षति पुर्‍याएको थियो। गृह मन्त्रालयको तथ्यांकअनुसार ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति पुगेको छ।

अस्थायी आवास बनाउनका लागि राहत रकम उपलब्ध गराउन सरकारले सम्बन्धित जिल्लाको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिलाई निर्देशन दिएको छ।

साथै बझाङ केन्द्रविन्दु बनाइ गएको भूकम्पबाट पीडितलाई अस्थायी आवासका लागि पनि प्रतिपरिवार ५० हजार उपलब्ध गराउने यसअघिको गृहमन्त्रीस्तरीय निर्णयलाई अनुमोदनसमेत गरेको छ ।

बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुम पश्चिमलाई पाँच–पाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुखस्तरीय निर्णयको अनुमोदन गरेको छ । जाजरकोट, पश्चिम रुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले प्रतिकार्यका लागि गर्नसक्ने खर्च र सीमासमेत तोकेको छ ।

सम्बन्धित समाचार