AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाज
  • लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्किँदा घर जलेर नष्ट, ४ प्रहरीसहित २८ जना घाइते

लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्किँदा घर जलेर नष्ट, ४ प्रहरीसहित २८ जना घाइते

  • सोमवार, कार्तिक २७, २०८०
लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्किँदा घर जलेर नष्ट, ४ प्रहरीसहित २८ जना घाइते

सङ्खुवासभा-सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।

गए राति लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लिला राईको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट राईको घर पूर्णरुपमा नष्ट भए पनि मानवीय क्षति भएको छैन । आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएका थिए। आगलागीबाट नगद ३१ हजार रूपैयाँ पनि जलेको छ भने उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटोमा पनि आगोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

त्यस्तै,मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसहित २८ जना घाइते भएका छन् ।

प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार र दुई जना जवान घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको झापाको बीएमसी, विराट नर्सिङ होम, आर्या, रेडप्लस, लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय दीपक कार्कीको घरमा आगो लागेपछि ग्यास सिलिण्डर विष्फोट भएको थियो । त्यसबाट बाटोमा हिँडिरहेकाहरु समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार