AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • ग्रामीण क्षेत्रका समस्या समाधानमा पहल गर्छु : सञ्चारमन्त्री शर्मा

ग्रामीण क्षेत्रका समस्या समाधानमा पहल गर्छु : सञ्चारमन्त्री शर्मा

  • बिहिबार, कार्तिक ३०, २०८०
ग्रामीण क्षेत्रका समस्या समाधानमा पहल गर्छु : सञ्चारमन्त्री शर्मा

दाङ-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्रामीण क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताएकी छन् ।

दाङको बंगलाचुली गाउँपालिका ३ को बचेनीमा स्थानीयवासीसँगको भेटमा सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् । सञ्चारमन्त्री शर्माले विकट क्षेत्रका जनतालाई विकासको प्रत्याभुति दिलाउने गरी काम गरिरहेको बताइन् ।

निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चारलगायतका विकास निर्माणका कामहरु गरिरहेको सञ्चारमन्त्री शर्माको भनाई छ ।

सञ्चारमन्त्री शर्माले भनिन्,‘भौगोलिक रुपमा पहाडी क्षेत्र भएकाले बंगलाचुली गाउँपालिकामा धेरै समस्याहरु छन् । ती समस्याहरु समाधानका लागि आफुले सकेजति पहल गरिरहेको छु र कामहरु पनि भइरहेका छन् ।’

बंगलाचुली आफ्नो निर्वाचन क्षेत्र पनि भएको र निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका विकासका पूर्वाधारहरुमा आफुले ध्यान दिइरहेको उनले बताईन् ।

Facebook Comments

सम्बन्धित समाचार