AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • जुवा खेलेको आरोपमा काठमाडौं उपत्यकाबाट १६५ जना पक्राउ

जुवा खेलेको आरोपमा काठमाडौं उपत्यकाबाट १६५ जना पक्राउ

  • बिहिबार, कार्तिक ३०, २०८०
जुवा खेलेको आरोपमा काठमाडौं उपत्यकाबाट १६५ जना पक्राउ

काठमाडौं-प्रहरीले दशै सकिएपछि तिहारसम्मको अवधिमा तास र लगुरबुर्जा खेलिरहेको अवस्थामा १३३ जनालाई नियन्त्रणमा लिएको छ ।

कात्तिक ११ गतेदेखि ३० गतेसम्म काठमाडौंको १२, भक्तपुरको २ र ललितपुरको २ ठाउँबाट गरी १३३ जना समातिएका हुन् । उनीहरुको साथबाट २१ लाख ७१ हजार ३३५ रुपैयाँ रकम बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो अवधिमा ६९ बुक तास, २० हजारको चेक प्रहरीले बरामद गरेको थियो । प्रहरीका अनुसार ११ देखि ३० कात्तिकसम्म कौडाको खालबाट प्रहरीले १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद गरेको छ ।

काठमाडौंको एक र ललितपुरको एक ठाउँ गरी दुई ठाउँबाट ३२ जना पक्राउ परेका छन् । प्रहरीले यस अवधिमा पटाका पड्काएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको छ र ३४४ प्याकेट पटाका बरामद गरेको छ । त्यसैगरी आगलागीका १४ वटा घटनाहरू भएका छन्।

काठमाडौंमा आठ स्थान, ललितपुरमा ४ स्‍थान र भक्तपुरमा दुई स्थानमा आगलागी भएको थियो। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीमा लक्ष्मीपूजा गर्नेक्रममा दियोबाट सल्किएर आगलागी हुँदा ८२ वर्षीया वृद्धाको मृत्यु भएको थियो।

आगलागीबाट समग्रमा आठ करोड ७७ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै उपत्यकामा ३७ ठाउँमा चोरी भएको छ। जसमा संलग्न ७ जनामात्रै पक्राउ परेका छन्। काठमाडौंमा २७ लाख ७९ हजार ४४५ रुपैयाँ बराबरको, ललितपुरमा २५ लाख ३० हजार ७५० र भक्तपुरमा ५० लाख ५६ हजार बराबरको चोरी भएका छन्।

काठमाडौंमा पाँच ठाउँमा लुटपाट पनि भएका छन्। जसमा संलग्न तीन जना पक्राउ परेका छन्। यी आपराधिक घटनामा संलग्न आरोपीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

Facebook Comments

सम्बन्धित समाचार