AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइदै

आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइदै

  • आइतवार, मंसिर ३, २०८०
आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइदै

काठमाडौं-देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदैछ ।

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् । काठमाडौंको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

Facebook Comments

सम्बन्धित समाचार