काठमाडौं – न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियुक्तका लागि सिफारिस गरेको छ।
न्यायपरिषद्को मंगलबार बसेको बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो।
उनीहरूको नाम संसदीय सुनुवाइ समितिमा अनुमोदनका लागि पठाइने छ । समितिले अनुमोदन गरेपछि नियुक्ति हुनेछ ।