AarthikBikash
मङ्लबार, कार्तिक १३, २०८१
  • होमपेज
  • खेलकुद
  • फिफा विश्वकप छनोट : नेपाल यमनसँग २-० गोलले पराजित

फिफा विश्वकप छनोट : नेपाल यमनसँग २-० गोलले पराजित

  • मङ्लबार, मंसिर ५, २०८०
फिफा विश्वकप छनोट : नेपाल यमनसँग २-० गोलले पराजित

काठमाडौं-फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल पाहुना टिम यमनसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपाल यमनसँग २-० गोलले पराजित भएको हो ।

ओमार अब्दुल्लाह अल दाहीले ७२औं र ९०औं मिनेटमा गोल गर्दै यमनलाई विजयी बनाएका थिए । छनोटमा नेपालको यो लगातार दोस्रो हार हो ।

यसअघि नेपाल पहिलो खेलमा युनाइटेड अरब इमिरेट् (यूएई) विरुद्ध ४–० ले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेको नेपाल तालिका पुछारमा छ । पहिलो जित निकालेको यमन तीन अंकसहित तेस्रो स्थानमा छ ।

Facebook Comments

सम्बन्धित समाचार