AarthikBikash
बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो

  • शुक्रबार, मंसिर ८, २०८०
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो

काठमाडौं-सर्वसाधारणका लागि आज शुक्रबारदेखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ ।

बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला भएको जनाएको हो ।

कार्यालय समय १० बजेपछि मात्रै सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । आईपीओमा मंसिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेको हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो ।

अंकित मूल्य १०० का दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक कम्पनीका अनुसार न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि यसमा आवेदन दिन सकिने बिक्री प्रवन्धक कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार