AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • दुर्गा प्रसाईंको महाअभियानले सिफल चौरमा कार्यक्रम गर्ने

दुर्गा प्रसाईंको महाअभियानले सिफल चौरमा कार्यक्रम गर्ने

  • शनिबार, मंसिर ९, २०८०
दुर्गा प्रसाईंको महाअभियानले सिफल चौरमा कार्यक्रम गर्ने

काठमाडौं-दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानले आज काठमाडौंको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय बिमानस्थलमा समेत प्रभाब पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो ।

महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार भएको छलफलपछि सिफलमा बिहान साढे ११ बजेदेखि कार्यक्रम गर्ने सहमति भएको जानकारी दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार