AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • देउसीभैलोको रकम भूकम्पप्रभावितलाई

देउसीभैलोको रकम भूकम्पप्रभावितलाई

  • शनिबार, मंसिर ९, २०८०
देउसीभैलोको रकम भूकम्पप्रभावितलाई

कास्की-पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई प्रदान  गरेको छ ।

तिहारमा देउसी खेलेर संकलन भएको रु ५५ हजार ५५५ भूकम्प प्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको उनले बताए ।

क्लबले फुटबल एकेडेमी पनि सञ्चालन गर्दै आएको छ । हाल क्लबमा १२ जना बालकलाई आश्रय पाएका छन् । एकेडेमीमा ३० जनालाई शिक्षा, आवाससँगै फुटबल प्रशिक्षणको व्यवस्था गरिएको छ । क्लबले बर्सेनि पोखरामा अन्तर्राष्ट्रिस्तरको अन्तरक्लब फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार