кракен ссылкакракен ссылка
AarthikBikash
बुधबार, साउन २२, २०८२

दुर्गा प्रसाईंका समर्थकहरुले गरे सिफलमा प्रदर्शन

  • शनिबार, मंसिर ९, २०८०
दुर्गा प्रसाईंका समर्थकहरुले गरे सिफलमा प्रदर्शन

काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईं सिफल पुगेका छन् ।

भक्तपुरस्थित आफ्नो निवासबाट निस्कन नपाएका प्रसाईं आज विरोध कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न सिफल पुगेका हुन् ।

व्यवसायी प्रसाईंले तेस्रो दिनको आन्दोलन काठमाडौंको गौशाला नजिक सिफल चौरमा गरिरहेछन् ।

कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको छ ।

प्रदर्शनकारीले हिन्दू राज्य र राजतन्त्रको पक्षमा नारा लगाएका छन्। उनीहरुको प्रदर्शनलाई लक्षित गर्दै उक्त क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बल्खुमा प्रदर्शन गरेपछि शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेको थियो।

आज शनिबार पनि उक्त क्षेत्रमा बाक्लो संख्यामा प्रहरी उपस्थित भएपनि सर्वसाधरणलाई धरपकड गरेको छैन।

सम्बन्धित समाचार