AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • समाचार
  • रुसी सेनामा आबद्ध ६ नेपाली मारिएको पुष्टि

रुसी सेनामा आबद्ध ६ नेपाली मारिएको पुष्टि

  • सोमवार, मंसिर १८, २०८०
रुसी सेनामा आबद्ध ६ नेपाली मारिएको पुष्टि

काठमाडौं – परराष्ट्र मन्त्रालयले रुसी सेनामा आबद्ध ६ जना नेपालीको मुत्यु भएको पुष्टि गरेको छ।

पराराष्ट्र मन्त्रालयका अनुसार स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, मेलुङ गाँउपालिका–६, दोलखाका राजकुमार कार्की, बाणगंगा–१, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई र गोरखाका सन्दीप थपलियाको मृत्यु भएको हो।

परराष्ट्रले सोमबार विज्ञप्ति जारी गर्दै मृतकको शव नेपाल पठाउन रुसी सरकारसँग अनुरोध गरिएको बताएको छ।

पाली नागरिकलाईरुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार