AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • टिकटक प्रतिबन्धविरुद्धको रिटको सुनुवाइ आज नहुने

टिकटक प्रतिबन्धविरुद्धको रिटको सुनुवाइ आज नहुने

  • मङ्लबार, मंसिर १९, २०८०
टिकटक प्रतिबन्धविरुद्धको रिटको सुनुवाइ आज नहुने

काठमाडौं- टिकटक प्रतिबन्धविरुद्ध परेको रिटको सुनुवाइ मंगलबार नहुने भएको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई चुनौती दिँदै दायर भएका विभिन्न रिट निवेदनका सम्बन्धमा सुनुवाइ गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, इजलासले टिकटकमाथिको प्रतिबन्धविरुद्धका सबै रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

रिट निवेदनमाथि यसअघि सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो ।

टिकट प्रतिबन्धविरुद्धका १४ वटै रिटलाई लगाउमा राखिएकाले एकसाथ सुनुवाइ गरिनेछ । माथेमा र शर्माको संयुक्त इजलासमा टिकटकविरुद्धका रिट २६औँ नम्बरमा परेका छन् ।

गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार