AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • न्युरोडमा तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, एक जना पक्राउ

न्युरोडमा तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, एक जना पक्राउ

  • बुधबार, मंसिर २०, २०८०
न्युरोडमा तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, एक जना पक्राउ

काठमाडौं- उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलाली घर भएका ४१ वर्षीय पदम प्रसाद पाण्डे रहेको प्रहरी स्रोतले बतायो । न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा करिब ७ किलो अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ।

संञ्चालक पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको छ । प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रिया पुर्‍याएर जोख्ने काम भइरहेको र त्यसअघि एकिन परिमाण आउनेछ ।

प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ । सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पाण्डेले न्यूरोडमा सुन पसल चलाउनुका साथै अवैध सुन गाल्ने कारखाना समेत सञ्चालन गरेको पाइएकोले पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले सुन पनि बरामद गरेको छ। सुनको परिणामबारे भने प्रहरीले अहिले केही सार्वजनिक गरेको छैन।​​​​​​​

प्रहरी स्रोतका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसारअवैध काँचो सुन र केही गहना बरामद भएका छन्।

Facebook Comments

सम्बन्धित समाचार