кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, असार २८, २०८२

हालको खबर

  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • विवादकैबीच सरकारले गर्‍यो सिग्देललाई रथीमा बढुवा

विवादकैबीच सरकारले गर्‍यो सिग्देललाई रथीमा बढुवा

  • बिहिबार, मंसिर २१, २०८०
विवादकैबीच सरकारले गर्‍यो सिग्देललाई रथीमा बढुवा

काठमाडौं- जन्ममितिको विवादमा मुछिएका नेपाली सेनाका उपरथी अशोक सिग्देललाई सरकारले रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिग्देललाई रथीमा बढुवाका लागि प्रस्ताव गरेका थिए।

रक्षामन्त्री पूर्णबहादुर खड्का विदेशमा रहेको बेला सिग्देल रथीमा बढुवा भएका हुन्। सिग्देललाई रथीमा बढुवाको लागि नेपाली सेनाको बढुवा समितिले रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो।

बढुवासँगै सिग्देल नेपाली सेनाको भावी प्रधान सेनापतिको लाइनमा बसेका छन् । अर्को एक रथी पद पुसमा रिक्त हुँदैछ ।

उनी वरिष्ठतम रथीका रुपमा रहने भएकाले आगामी वर्षको भदौमा प्रधान सेनापति बढुवा हुनेछन् । उपरथी  सिग्देलको जन्म मितिसम्बन्धी कागजात विवादास्पद देखिएका थिए ।

तर नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएपछि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

यसअघि बढुवा सिफारिसका लागि जंगीअड्डाले सूचना निकालेका उपरथी ताराध्वज पाण्डेले उमेर विवाद सतहमा आएपछि राजीनामा दिएका थिए ।विवादकैबीच सरकारले गर्‍यो सिग्देललाई रथीमा बढुवा

सम्बन्धित समाचार