AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • संकल्प यात्रामा अवरोध नपुर्‍याउन पहिचानवादीलाई एमालेकाे अपिल

संकल्प यात्रामा अवरोध नपुर्‍याउन पहिचानवादीलाई एमालेकाे अपिल

  • मङ्लबार, मंसिर २६, २०८०
संकल्प यात्रामा अवरोध नपुर्‍याउन पहिचानवादीलाई एमालेकाे अपिल

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ ।

आजबाट कोशी प्रदेश प्रवेश गर्न लागेको संकल्पयात्रामा पहिचानवादीहरूले अवरोध गर्ने चेतावनी दिइरहेका बेला एमालेले यात्रामा अवरोध नगर्न पहिचान पक्षधरलगायत सबैलाई अपिल गरेको हो ।

‘एमालेको संकल्प यात्रा घुर्मी भएर कोशी प्रदेश प्रवेश गर्दैछ। यसक्रममा केही समूहहरू द्वारा हाम्रो अभियानलाई अवरोध गर्ने गरी सडक बन्द, प्रदेश बन्द लगायतका बन्द र अवरोधका कार्यक्रमहरू सार्वजनिक गर्ने भन्ने सुनिन आएको छ। त्यसका निम्ति पार्टीका तर्फबाट औपचारिकरूपमा सबै समूहहरू, पहिचानवादी समूहलगायतका सबैलाई अभियानलाई अवरोध नगर्न बन्द नगर्न, अभियानमा सहयोग पुर्‍याउनका निम्ति अपिल गर्न चाहन्छु,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

नेकपा एमालेको अभियान विकास र समृद्धिको अभियान भएकाले यस्ता अभियानमा अवरोध सिर्जना नगर्न र अभियानमा सहयोग पुर्याउन गौतमको आग्रह छ ।

कोसी प्रदेश नामकरणमा एमालेसहित नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० पनि सहभागी भएकाले आफ्नो पार्टीलाई मात्र निसाना बनाई गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने उनले बताए ।

एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजदेखि उदयपुरको घुर्मी हुँदै खोटाङमा प्रवेश गर्दै छ ।

Facebook Comments

सम्बन्धित समाचार