AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पूर्वगृहमन्त्री खाँणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा

पूर्वगृहमन्त्री खाँणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा

  • बिहिबार, मंसिर २८, २०८०
पूर्वगृहमन्त्री खाँणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दा आज उच्च अदालत पाटनमा तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ हुँदै छ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उनको मुद्दाको सुनुवाइ हुने भएको हो ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएकाले उनको निवेदनको सुनुवाइ तेस्रो न्यायाधीशको इजलासमा हुन लागेको हो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो ।

पाण्डेले ३० लाख रुपैयाँ धरौटी राखे छाडिदिन सकिने राय दिएका थिए भने खरेलले जिल्ला अदालतको आदेश सदर गरी थुनामै बस्नुपर्ने राय प्रस्तुत गरेका थिए।

Facebook Comments

सम्बन्धित समाचार