काठमाडौं- चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कार्त्तिकसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो ।
यसअवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा २६।४ प्रतिशतले बढी हो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ ।