AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नक्कली कागजातका आधारमा विदेश पठाई मानव तस्करीमा सघाउनेहरू पक्राउ

नक्कली कागजातका आधारमा विदेश पठाई मानव तस्करीमा सघाउनेहरू पक्राउ

  • बिहिबार, मंसिर २८, २०८०
नक्कली कागजातका आधारमा विदेश पठाई मानव तस्करीमा सघाउनेहरू पक्राउ

काठमाडौं- नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिषामा विदेश पठाई मानव तस्करीमा सघाएको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुकुम सानीभेरी गाउँपालिका-१० का ३८ वर्षीय नर बिर खड्का, सर्लाही विष्णु गाउँपालिका-६ का ३१ वर्षीय अरविन्द्र यादव, झापा कमलादी गाउँपालिका-२ का ४२ वर्षीय होम पोखरेल, महोत्तरी जलेश्वर नगरपालिका-२ का ३० वर्षीय मनुराज चौधरी, स्याङ्जा चापाकोट नगरपालिका-१० का ३६ वर्षीय राम प्रसाद भण्डारी, गुल्मी सत्यवती गाउँपालिका-५ का ३४ वर्षीय दिनेश ज्ञावली, सिरहा मिर्चैया नगरपालिका-१२ का २७ वर्षीय सरोज कुमार यादव, मोरङ उर्लाबारी नगरपालिका-५ का ५१ वर्षीय देवराज खनाल, अर्घाखाँची पाणिनी गाउँपालिका-८ का ३५ वर्षीय गणेश पाण्डे, सिन्धुपाल्चोक लिसंखुपाखा-७ का ३० वर्षीय संजय तामाङ, काठमाडौं महानगरपालिका- ३२ पेप्सीकोला बस्ने ५३ वर्षीय राज किशोर शाह र स्याङजा वालिङ गाउँपालिका-६ का २५ वर्षीय रविन अर्याल रहेका छन् ।

भिजिट भिषामा विदेशजान लागेका युवा युवतीका शंकास्पद कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएपछि अनुसन्धानको क्रममा एजेन्ट, कन्सलटेन्सी, ट्राभल एजेन्सीहरुले एयरलाइन्सलाई प्रतिब्यक्ति १० देखि १५ हजार र अध्यागमनलाई प्रतिब्यक्ति ४० देखि ५५ हजार सेटिङ मिलाई पठाउने गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त सेटिङमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको हो ।

उक्त कार्यालयबाट गत असोज १५ गतेदेखि हालसम्म १ हजार ५१३ थान शंकास्पद कागजात आएकामध्ये +2 सर्टिफिकेट, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्ट गरी २ सय ४६ थान कागजात नक्कली देखिएको थियो ।

उनीहरूलाई लिखत सम्बन्धी कसुर समेतका अपराधमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विभिन्न प्रहरी कार्यालयमा पठाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार