AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्धको उजुरीमाथि आज सुनुवाइ

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्धको उजुरीमाथि आज सुनुवाइ

  • शुक्रबार, मंसिर २९, २०८०
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्धको उजुरीमाथि आज सुनुवाइ

काठमाडौं-प्रस्तावित ६ जना न्यायाधीशको सुनुवाइ गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरी परेका छन् ।

प्रस्तावित न्यायाधीश सारंगा सुवेदीविरुद्ध ६ वटा उजुरी परेका छन् भने टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ वटा र अब्दुल अजिज मुसलमानविरुद्ध एउटा उजुरी परेकोछ। यसअघि गत आइतबार बसेको समिति बैठकमा उजुरीकर्तालाई बोलाएर छलफल गरिएको थियो ।

आजको बैठकले सुनुवाई गरी नाम अनुमोदन गर्ने तयारी छ । न्यायपरिषदले सर्वोच्चको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको छ ।

वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीशमा सिफारिस गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार