AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ‘कोशी प्रदेश’ नामको विरोधमा आज प्रदेश बन्द, सवारीसाधन ठप्प

‘कोशी प्रदेश’ नामको विरोधमा आज प्रदेश बन्द, सवारीसाधन ठप्प

  • शनिबार, मंसिर ३०, २०८०
‘कोशी प्रदेश’ नामको विरोधमा आज प्रदेश बन्द, सवारीसाधन ठप्प

धरान-पहिचान पक्षधरहरुले आज कोशी प्रदेश बन्द गरेका छन् । कोशी प्रदेश खारेजीको माग राखेर उनीहरुले १४ जिल्लाको यातायात र मुख्य बजार बन्द गराएका हुन् ।

एकाबिहानै हातमा लाठी लिएर बजार बन्द गराउन पहिचान पक्षधरका सयौं कार्यकर्ता परिचालन भएका छन् । उनीहरुले कोशी प्रदेशभर यातायातका साधन सञ्चालनमा रोक लगाएका छन् ।

आन्दोलनकारीले कोशी प्रदेशका मुख्य बजारहरु धरान, इटहरी, दमक, बिर्तामोड, धनकुटा, इलाम, फिदिम, म्याङ्लुङ र फुन्लिङ बजार बन्द गराएका छन्।

सुनसरी प्रहरीका अनुसार बजार र यातायातका साधन बन्द गराउने पाँच बन्दकर्तालाई पक्राउ गरिएको छ । कुनै अप्रिय घटना हुन नदिन मुख्य बजार क्षेत्र र चारकोशे जङ्गलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार