AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त

  • बुधबार, पुस १८, २०८०
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त

काठमाडौं-न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।

न्याय परिषदको बुधबार बसेको बैठकले जिल्ला न्यायाधीशतर्फबाट २६ जना, न्याय सेवातर्फबाट ४ जना र कानून व्यवसायीतर्फबाट ९ जना गरी ३९ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो।

जिल्ला न्यायाधीशतर्फबाट राजेन्द्र अधिकारी, वसन्तराज पौडेल, पूर्णेश्वरप्रसाद उपाध्याय, केशवप्रसाद बास्तोला, जयानन्द पनेरुलगायत उच्च अदालतको न्यायाधीश बनेका छन् ।

न्याय सेवाबाट महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ताद्वय रमादेवी पराजुली र हरिप्रसाद जोशी, सर्वोच्च अदालतका सह-रजिस्ट्रार नेत्रप्रकाश आचार्य र कानून मन्त्रालयका सहसचिव कोशलचन्द्र सुवेदी न्यायाधीशमा नियुक्त भएका छन् ।

कानून व्यवसायीतर्फबाट खेमराज भट्ट, अस्मिन कुमार राई, मात्रिकाप्रसाद भण्डारी, नरबहादुर खड्का, सानुमैया डंगोललगायतलाई न्यायाधीश बनाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार