काठमाडौं-जिल्ला अदालत काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन्।
डलर ठगीको आरोपमा पक्राउ परेका कमल खड्का जिल्ला अदालतबाटै फरार भएका हुन् ।
उनलाई महाराजगन्ज प्रहरी वृत्तको टोलीले अदालतमा उपस्थित गराएको थियो। म्याद थपका लागि अदालत लगिएकोमा अदालतबाटै फरार भएका हुन् ।
प्रहरीले उक्त घटनालाई गुपचुमा राखेर खोजी कार्य सुरु गरेको छ।