AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • भारत भ्रमणका क्रममा भएको समझदारीले मूर्तरुप लियाे : प्रधानमन्त्री

भारत भ्रमणका क्रममा भएको समझदारीले मूर्तरुप लियाे : प्रधानमन्त्री

  • बिहिबार, पुस १९, २०८०
भारत भ्रमणका क्रममा भएको समझदारीले मूर्तरुप लियाे : प्रधानमन्त्री

रामेछाप-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु बताएका छन् । बिहीबार नेपाल र भारतीबीचको सचिवस्तरीय बैठकमा औपचारिक रुपमा व्यापारसम्बन्धी सम्झौतामा अन्तिम हस्ताक्षर भएको थियो ।

बिहीबार रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ स्थित पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका क्रममा भएको समझदारीले मूर्तरुप लिएको बताए । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा दुई पक्षीय सम्झौता भएसँगै भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु भएको उनको भनाइ छ । सम्झौताअनुसार नेपालले भारतलाई १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार