AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभामा सिटको भागबन्डा गर्न सत्ता गठबन्धन छलफलमा

राष्ट्रियसभामा सिटको भागबन्डा गर्न सत्ता गठबन्धन छलफलमा

  • शनिबार, पुस २१, २०८०
राष्ट्रियसभामा सिटको भागबन्डा गर्न सत्ता गठबन्धन छलफलमा

काठमाडौं-राष्ट्रियसभा सदस्य निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

आगामी ११ फागुनमा हुने निर्वाचनका लागि भागबन्डा टुङ्गो लगाउन नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका हुन्।

बैठकमा कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका शीर्ष नेताहररु सहभागी भएका छन् ।

राष्ट्रिय सभा चुनावका लागि नेताहरूले यसअघि पनि निरन्तर छलफल गरिरहेका छन् । निर्वाचन नजिक आए पनि भागबन्डा भने मिलिसकेको छैन्।

एमालेले सबै सिटमा एक्लै उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनले तत्कालका लागि ऊसँगको सहकार्य टुंग्याएको हो ।

एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार