AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य नगर्ने सत्ता गठबन्धनको निर्णय

राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य नगर्ने सत्ता गठबन्धनको निर्णय

  • शनिबार, पुस २१, २०८०
राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य नगर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं-सत्ता गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ ।

बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमालेलाई सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा नसमेट्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रियसभा चुनाव हुने सिटमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर चुनाव लड्ने समझदारी गरेको छ ।

गठबन्धनबीच भागबण्डा टुंग्याउनको लागि साँझ फेरि बैठक बस्नेछ । यसअघि प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेको थिए।

दिउँसो ४ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच छलफल हुने र त्यसपछि ५ बजे सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका अरु दलहरुको पनि छलफल हुनेछ।

Facebook Comments

सम्बन्धित समाचार