AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • सर्लाहीको बरहथवामा जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

सर्लाहीको बरहथवामा जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

  • आइतवार, पुस २२, २०८०
सर्लाहीको बरहथवामा जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

सर्लाही – सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै रहेको छ । बरहथवा नगरपालिका–६ का करिब २७ वर्षीय साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

तर सरकारले मृतक युवकका आश्रित परिवारलाई १० लाख राहत दिने घोषणा गरेपनि आफन्तले शव नउठाएका हुन् । सडकमा लडिरहेको उनको शवलाई सेतो कपडाले छोपेर राखिएको छ ।

आन्दोलनमा सहभागी नभएका साहलाई टाउकोमा गोली लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव आइतबार बिहानसम्म पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बरहथवामा आन्दोलनरत पक्षले घटनाको छानविन, दोषीलाई कारबाही, मृतकलाई सहीद घोषणा, पीडित परिवारलाई राहत, नगर अस्पतालाई ५० शैय्यामा स्तरोन्ती, मृतकको नाममा अस्पतालको नामाकरण र बरहथवामा मृतकको शालिक निर्माण गर्नुपर्ने लगायतका माग गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार