AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • समाज
  • नेपालमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘जेएन.१’, सर्तक रहन आग्रह

नेपालमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘जेएन.१’, सर्तक रहन आग्रह

  • सोमवार, पुस २३, २०८०
नेपालमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘जेएन.१’, सर्तक रहन आग्रह

काठमाडौं-कोरोना भाइरसको नयाँ सव-भेरियन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात वटा नमुनामा परीक्षण गर्दा जेएन.१ पुष्टि भएको हो ।

आइतबार देशको विभिन्न ठाउँहरूबाट संकलित नमूनाहरूमध्ये १६ वटा पोजेटिभ नमूनाहरूको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा जेएन=१ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यद्यपि नयाँ भेरियन्ट भनिएको जेएन.१ पनि ओमिक्रोनकै सब भेरियन्ट हो। पछिल्लो समय छिमेकी भारतमा पनि जेएन.१ भेरियन्ट सक्रिय हुँदा संक्रमितको संख्या बढेको छ।

नेपालमा पनि नयाँ भेरियन्ट फेला परेको उल्लेख गर्दै मन्त्रालयले सर्तक रहन आग्रह गरेको छ।

सम्बन्धित समाचार