AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ

४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ

  • मङ्लबार, पुस २४, २०८०
४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनाहरूसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका-३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका-५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् ।

भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरि बिल-बिजक बिना चाँदीका गरगहनाहरु भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार