mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • प्रधानमन्त्रीकाे निर्देशन : विदेश जाने युवालाई सरकारले नै सस्तोमा ऋण दिने व्यवस्था मिलाउनू

प्रधानमन्त्रीकाे निर्देशन : विदेश जाने युवालाई सरकारले नै सस्तोमा ऋण दिने व्यवस्था मिलाउनू

  • मङ्लबार, पुस २४, २०८०
प्रधानमन्त्रीकाे निर्देशन : विदेश जाने युवालाई सरकारले नै सस्तोमा ऋण दिने व्यवस्था मिलाउनू

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरू मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा आयोजित श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले त्यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले भने,  ‘सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम् लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउनुहोला। श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएको नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्ञान सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी कार्य गर्नुहोला ।’

बैठकमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

सम्बन्धित समाचार