AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रमुख राजनीतिक दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य पार्छौं : राजेन्द्र लिङ्देन

प्रमुख राजनीतिक दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य पार्छौं : राजेन्द्र लिङ्देन

  • शुक्रबार, पुस २७, २०८०
प्रमुख राजनीतिक दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य पार्छौं : राजेन्द्र लिङ्देन

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य पार्ने बताएका छन् ।

पृथ्वीजन्यतीको अवसरमा राप्रपाले गरेको चियापानमा कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले फागुनदेखि देखिने गरी आन्दोलन गर्ने र प्रमुख दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने बताए।

अध्यक्ष लिङ्देनले भने,‘मेरो विश्वास छ, त्यो व्यापक हुनेछ । त्यसले देशमा परिर्वतन ल्याउने छ । यो असामान्य स्थितिमा ठूला दलहरुले देशका सबै राजनीतिक शक्तिहरुलाई मिलाएर नयाँ सम्झौतामा लगेर थप क्षति हुन रोक्नुपर्ने हो । हामीले दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने छौं ।’

देश निरन्तर आरालो लागेको र यसलाई रोक्ने कुनै प्रयत्न नभएको भन्दै उनले ०८४ को चुनाव पर्खिन नसक्ने बताए । तर दलहरुले एकपछि अर्को देश हित विपरितका काम गरेकाले राप्रपाले जनदबाव सृजनाका लागि नेतृत्व गर्नु परेको उनले बताए ।

राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र संघीयताबारे फरक दृष्टिकोण राख्दा पछाडि फर्किन खोजेको भनिएकोमा समेत उनले असन्तुष्टि जनाए । गणतन्त्र पक्षधर दलहरु र पूर्व राजा बसेर नयाँ सम्झौता गर्नुपर्ने अध्यक्ष लिङ्देनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार