AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • भालुवाङ बस दुर्घटना : दुई भारतीयसहित ८ जना मृतकको सनाखत

भालुवाङ बस दुर्घटना : दुई भारतीयसहित ८ जना मृतकको सनाखत

  • शनिबार, पुस २८, २०८०
भालुवाङ बस दुर्घटना : दुई भारतीयसहित ८ जना मृतकको सनाखत

काठमाडौं-दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको छ ।

तीमध्य २ भारतीय नागरिकसिहत ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०/३५ वर्षीय शौरभ बिष्ट, जुम्लाको चन्दनाथ-९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुम गोतामकोट-९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीयय योगेन्द्र राम र भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।

बाँकी चार जना करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ । बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ ।

Facebook Comments

सम्बन्धित समाचार