AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलमा लडेर एक यात्रुको मृत्यु

भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलमा लडेर एक यात्रुको मृत्यु

  • मङ्लबार, माघ २, २०८०
भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलमा लडेर एक यात्रुको मृत्यु

महोत्तरी-महोत्तरीको भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलमा सवार एक यात्रुको मृत्यु भएको छ।

महोत्तरीको लोहरपट्टी नगरपालिका–४ स्थित खुटापिपरारीका ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको हो ।

आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए ।

टिटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको हो ।

हृदयघातबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रादेशिक अस्पताल जनकपुरमा पण्डितको शव पोष्टमर्टमका लागि राखिएको छ।

Facebook Comments

सम्बन्धित समाचार