AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले सचिवालयबाट हटाए १३ कर्मचारी

प्रधानमन्त्री प्रचण्डले सचिवालयबाट हटाए १३ कर्मचारी

  • मङ्लबार, माघ २, २०८०
प्रधानमन्त्री प्रचण्डले सचिवालयबाट हटाए १३ कर्मचारी

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयबाट १३ जना कर्मचारीलाई हटाएका छन्।

माघ १ गतेबाट लागु हुनेगरी ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एक जना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् कार्यालयमा रहेका कर्मचारी कटौती गर्नेसँगै आफ्नो सचिवालय पनि सानो आकारको बनाउने बताएका थिए। सोही अनुसार कर्मचारी हटाउन थालिएको हो ।

419236809_380926634588243_1389449300172571315_n-1705393429.jpg

Facebook Comments

सम्बन्धित समाचार