AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभा सदस्य निर्वाचन : आचारसंहिता लागु

राष्ट्रियसभा सदस्य निर्वाचन : आचारसंहिता लागु

  • बुधबार, माघ ३, २०८०
राष्ट्रियसभा सदस्य निर्वाचन : आचारसंहिता लागु

काठमाडौं-निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता लागु भएको छ । गएराति १२ बजेबाट लागु भएको आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ ।

आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुने निर्वाचन आयोगले जनाएको छ । यो अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्षरविपक्षमा हुने गरी प्रयोग गर्नरगराउन पाइने छैन ।

निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्नरगराउन नहुने आयोगले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार