mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • साना हतियारको अवैध व्यापार रोक्नुपर्छ : परराष्ट्रमन्त्री साउद

साना हतियारको अवैध व्यापार रोक्नुपर्छ : परराष्ट्रमन्त्री साउद

  • मङ्लबार, माघ ९, २०८०
साना हतियारको अवैध व्यापार रोक्नुपर्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले साना हतियारको अवैध व्यापार रोक्नुपर्ने बताएका छन्।

साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रण गर्नेसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजनाको चौथो पुनरावलोकनका लागि काठमाडौंमा सुरू भएको एसिया प्रशान्त क्षेत्रको तीन दिने तयारी बैठक सम्बोधन गर्दै मन्त्री साउदले यस्तो बताएका हुन्।उनले साना हतियारको प्रयोग नियन्त्रणका लागि देशको आन्तरिक क्षमता बढाउनु पर्ने बताए।परराष्ट्रमन्त्री साउदले भने,‘साना हतियारको अवैध व्यापार र त्यस्ता हतियारको प्रयोग नियन्त्रणका लागि देशको आन्तरिक क्षमता बढाउनु पर्दछ । यसका लागि क्षेत्रीय एवम् आन्तराष्ट्रिय सहयोग र समन्वयलाई पनि चुस्त बनाइनु पर्दछ।’

उनले निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिबद्धता उच्च रहेको बताए। हतियारको अवैध व्यापार र प्रयोगसँगै अपराध र हिंसामा वृद्धि हुने, समाजमा शान्ति र अमन–चयन खलबलिने तथा दिगो विकासको लक्ष्य प्राप्तिका प्रयासमा नकरात्मक प्रभाव पर्न जाने उनको भनाइ थियो।

परराष्ट्रमन्त्री साउदले नेपालको परराष्ट्र नीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा नहुने रहेको पनि दोहोर्‍याए। बुद्धको जन्मस्थान, शान्ति भूमि नेपालमा निःशस्त्रीकरणका विषयमा आयोजित बैठकले विशेष अर्थ बोकेको उनको भनाइ थियो।

बैठकमा निःशस्त्रीकरण मामिला हेर्ने संयुक्त राष्ट्रसंघकी उपमहासचिव इजुमी नाकामित्सुसहित एसिया प्रशान्त क्षेत्रका २५ बढी मुलुकका प्रतिनिधिहरु सहभागी छन्।

सम्बन्धित समाचार