AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा के छ ?

एमालेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा के छ ?

  • मङ्लबार, माघ ९, २०८०
एमालेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा के छ ?

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले ७५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहितसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्रीले प्राप्त मागहरू कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रदेशगत रूपमा गण्डकीबाट ५९ निवेदनमार्फत १६१ वटा विषय, कोसीबाट ४८ निवेदनमार्फत १७० वटा विषय, सुदूरपश्चिमबाट २४ निवेदनमार्फत १३५ माग समेटिएको गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वाग्मतीबाट ३४ निवेदनमार्फत ११३ वटा, कर्णालीबाट २८ निवेदनमार्फत ८९, लुम्बिनीबाट १० निवेदनमार्फत ७५ माग र मधेस प्रदेशबाट संकल्प प्रस्तावसहित दुई निवेदनमा आठ वटा माग समावेश गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग पहाडी क्षेत्रको विकास र समृद्धिको संवाहक परियोजनाका रूपमा रहेको, अधिकांश राजमार्गहरू विदेशी सहायतामा बनेको परिप्रेक्ष्यमा नेपालको आफ्नै स्रोत, इञ्जिनियरिङ र प्रविधिमा निर्माणाधीन यो परियोजना नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार