кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • सन्धि सम्झौताको कपी नष्ट गर्नेलाई राज्यद्रोहको मुद्दा लगाऔँ : सांसद श्रेष्ठ

सन्धि सम्झौताको कपी नष्ट गर्नेलाई राज्यद्रोहको मुद्दा लगाऔँ : सांसद श्रेष्ठ

  • शुक्रबार, माघ १२, २०८०
सन्धि सम्झौताको कपी नष्ट गर्नेलाई राज्यद्रोहको मुद्दा लगाऔँ : सांसद श्रेष्ठ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राज्यका महत्वपूर्ण दस्तावेजहरु सुरक्षित नराख्ने अधिकारीहरुलाई राज्यद्रोह सरहको मुद्दा लगाउन प्रस्ताव गरेकी छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएकी हुन् ।सांसद श्रेष्ठले राज्यका महत्वपूर्ण दस्तावेजहरु नष्ट गर्ने जिम्मेवार अधिकारीहरुलाई राज्यद्रोह सरहको मुद्दा लगाउनुपर्ने बताईन् ।

सांसद श्रेष्ठले भनिन्,‘हाम्रो देशको इतिहास, सन्धि सम्झौताहरु, महत्वपूर्ण कागजातहरु सबै डिस्ट्रोइ गरेपनि जरिवाना पाँच हजार रुपैयाँ ? एउटा माफियाले पैसा दिन्छु डिस्ट्रोइ गरिदेउ भनेर कसैलाई परिचालन गर्‍यो तीन हजार रुपैयाँ, पाँच हजार रुपैयाँमा छुट्ने रहेछ । तीन हजार पाँच हजारमा नेपालको सारा दस्तावेज उडाउन मिल्ने रहेछ । यो सजाय हुँदै भएन ।’

यस्तो व्यवस्था हुँदा महत्वपूर्ण कागजातहरु सुरक्षित हुन नसकेको सांसद श्रेष्ठले बताईन् । राज्यको महत्वपूर्ण कागजात नष्ट गर्नेहरुलाई कडा सजाय गर्नुपर्ने सांसद श्रेष्ठको भनाई छ ।

राज्यका महत्वपूर्ण कागजातहरु सुरक्षित राख्नका लागि राज्यले नै आवश्यक व्यवस्था मिलाउनुपर्ने र एक भन्दा बढी ठाउँमा अभिलेख रहने व्यवस्था मिलाउनुपर्नेमा सांसद श्रेष्ठको जोड छ ।

कागजका साथसाथै विद्युतीय अभिलेख समेत राखिनुपर्ने उनको भनाइ छ । नेपालको इतिहासको विषय विदुतीय अखिलेखमा राखिनुपर्ने पनि उनको प्रस्ताव छ ।

सम्बन्धित समाचार