AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हमाल र अधिकृतमाथि प्रहरीको हातपात

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हमाल र अधिकृतमाथि प्रहरीको हातपात

  • शुक्रबार, माघ १२, २०८०
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हमाल र अधिकृतमाथि प्रहरीको हातपात

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेका छन्।

शुक्रबार डिपार्चरबाट अराइभलतर्फ आउनेक्रममा भएको चेकिङमा अध्यागमन कर्मचारी र प्रहरीबीच विवाद हुँदा भन्सार अधिकृत छायालाल मोक्तानमाथि प्रहरीले हातपात गरेको हो ।

मोक्तानमाथि हातपात भएपछि प्रहरी र कर्मचारीहरूबीच छलफल भएको थियो । त्यसक्रममा सीसीटीभी फूटेज हेर्ने क्रममा अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालमाथि समेत प्रहरीले लात्ती प्रहार गरेको स्रोतको भनाई छ ।

मोक्तानको शरीरमा निलडाम भएको र अहिले उपचार भइरहेको बताइएको छ ।

चेकिङ गर्ने क्रममा सामान्य विवाद भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले बताए ।

भिजिट भिसाको विषय बाहिर आएपछि नेपाल प्रहरी र अध्यागमनका कर्मचारीबीच विवाद छ ।

Facebook Comments

सम्बन्धित समाचार