AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अब देशमा पुन राजतन्त्रको आवश्यकता भयो, देश बचाउन जनताबाट आवाज उठ्यो : पूर्वराजा ज्ञानेन्द्र

अब देशमा पुन राजतन्त्रको आवश्यकता भयो, देश बचाउन जनताबाट आवाज उठ्यो : पूर्वराजा ज्ञानेन्द्र

  • शनिबार, माघ १३, २०८०
अब देशमा पुन राजतन्त्रको आवश्यकता भयो, देश बचाउन जनताबाट आवाज उठ्यो : पूर्वराजा ज्ञानेन्द्र

वीरगन्ज-पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई निकास दिन अगाडि सर्ने बेला आइसकेको बताएका छन् ।

शनिबार वीरगन्जमा आयोजित स्वागत र नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।

उनले बढ्दो बेथिति र अन्यौलताबाट देशलाई निकास दिन अगाडि सर्ने बेला आइसकेको बताए । उनले घुमाउरो पारामा अब देशमा पुनः राजतन्त्रको आवश्यकता भइसकेको उद्घोष गरे ।

राजतन्त्रको विदाईपछि गणतन्त्र स्थापना भएयताको पछिल्लो १५ वर्षको अवधिमा जनतामा असन्तोष, चिन्ता र आक्रोश छताछुल्ल भएको उनको भनाई छ ।

उनले देश बचाउन र बनाउनका लागि जनताका तर्फबाट निरन्तर आवाज हामीमाथि आइरहेको दाबी गरे ।

Facebook Comments

सम्बन्धित समाचार