AarthikBikash
शुक्रबार, मंसिर २१, २०८१
  • होमपेज
  • राजनीति
  • अध्यक्ष तिमिल्सिना र नेपालका लागि इजरायलका राजदूत गोल्डबर्गरबीच भेट

अध्यक्ष तिमिल्सिना र नेपालका लागि इजरायलका राजदूत गोल्डबर्गरबीच भेट

  • बिहिबार, माघ १८, २०८०
अध्यक्ष तिमिल्सिना र नेपालका लागि इजरायलका राजदूत गोल्डबर्गरबीच भेट

काठमाडौं-राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा राजदूत गोल्डबर्गरले अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेट गरेका हुन् ।  भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मूलमन्त्र बोकेको नेपालले विश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस् भन्ने चाहेको बताए ।

‘शान्तिको पक्षधर मुलुक नेपाल सँधै मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा रहिआएको छ,’ उनले भने । हालै इजरालयमा भएको हमासको आक्रमणमा परी अहिलेसम्म बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि अझै सार्थक पहल गर्न आग्रह पनि गरे ।

इजरायलले विभिन्न छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोग, नेपाली सेनालाई तालिम लगायतका नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल-इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने आशा पनि व्यक्त गरे ।

नेपालको प्राकृतिक सुन्दरतामा धेरै इजरायलीहरु रमाउने चाहना बताउँदै अध्यक्ष तिमिल्सिनाले कोभिड महामारीको समयमा केही कमी आएकोमा पुनः यो संख्या अझै बढ्ने विश्वास व्यक्त गरे ।

इजरायलका राजदूत गोल्डबर्गरले नेपालको माथिल्लो सदनले प्रजातान्त्रिक पद्धति बलियो बनाउन प्रभावकारी भूमिका खेलेकोमा प्रशंसा गरे ।

Facebook Comments

सम्बन्धित समाचार