AarthikBikash
बुधबार, जेष्ठ १६, २०८१
  • होमपेज
  • समाज
  • अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

  • शनिबार, माघ २०, २०८०
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

अर्घाखाँची-अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

जिल्लाको भूमिकास्थान-२ को उपल्लो ढाकाबाङस्थित थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप शनिबार बिहान दुर्घटना भएको हो ।

मृत्यु हुनेमा भूमिकास्थान-२ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क ८ छापडाँहडाका डेमकला बेल्वासे रहेका छन् ।

घाइते पाणिनि गाउँपालिका-१ कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेलको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

जीप करिब दुई सय मिटर तल खसेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार